दाङमा १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ गतेदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-०५
  • |
  • 3843 पटक हेरिएको

दाङ जिल्ला अन्तरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १५ गतेदेखि बेल्झुन्डीमा सुरु हुने भएको छ। दाङ जिल्ला खेलकुद विकास समिति र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा हुने यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ।

जिल्ला खेलकुद विकास समितिको आइतबार बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको हो। बैठकले समितिका कार्यालय प्रमुख राकेश परियारको संयोजकत्वमा ६ खेलका संघ र प्रशिक्षकहरू सम्मिलित मुल आयोजक समिति गठन गरेको छ। साथै, आर्थिक संकलन, मञ्च व्यवस्थापन, खेल मैदान मर्मत, आतिथ्य सत्कार, प्रचारप्रसार, विवाद समाधान, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापन र प्राथमिक उपचारका लागि विभिन्न उपसमिति पनि गठन गरिएको परियारले जानकारी दिए।

प्रतियोगितामा दाङका १० स्थानीय पालिकाका खेलाडीहरूले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु विधामा प्रतिस्पर्धा गर्नेछन्। टिम दर्ताको अन्तिम मिति जेठ १३ गते तोकिएको छ। सबै पालिकालाई खेलाडीको विवरणसहित बेल्झुन्डीस्थित जिल्ला खेलकुद कार्यालयमा टिम दर्ता गर्न अनुरोध गरिएको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal