एशियन कराते च्याम्पियनशिपमा नेपालबाट ११ खेलाडी सहभागी

-
नेप्लेज
- |
- २०८२-०२-०५
- |
- 3837 पटक हेरिएको
२१औं एकेएफ एशियन सिनियर कराते च्याम्पियनशिपमा नेपालबाट ११ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। जेठ ९ देखि ११ गते (मे २३–२५, २०२५) सम्म हुने च्याम्पियनशिपका लागि खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुभकामना दिंदै विदाइ गरे।
सहभागी खेलाडीहरूमा सोनिम मानन्धर, साजन मोक्तान, मीनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, महमद सेखु आलम, तेन्जिङ शेर्पा, सानुमाया थिङ, अन्जली महर्जन, सविना श्रेष्ठ, निरुपा दोङ तामाङ र एरिका गुरुङ छन्।
टोलीको हेड कोचमा कुशल श्रेष्ठ, टिम कोचमा मन्डेकाजी श्रेष्ठ र टिम म्यानेजरमा किशोरप्रसाद भट्टराई रहेका छन्।