एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०२-०५
  • |
  • 3772 पटक हेरिएको

दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि ढल्को तेक्वान्दो डोजाङले जितेको छ। टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा आयोजित प्रतियोगितामा ढल्कोले ७ स्वर्ण, ५ रजत र ३ कास्य जितेर टिम च्याम्पियन बन्यो।

आयोजक एसकेबिसी तेक्वान्दो क्लब ५ स्वर्ण, ३ रजत र १० कास्यसहित दोस्रो भयो। बालाजु तेक्वान्दो डोजाङले ४ स्वर्ण, ३ रजत र ६ कास्यसहित तेस्रो स्थान हासिल गर्‍यो।

पुरुषतर्फ जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बू र महिलातर्फ गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए। एसकेबिसीका सुवास बोहरा उत्कृष्ट प्रशिक्षक र कुमार लावत उत्कृष्ट निर्णायक चुनिए। उत्कृष्ट सबैलाई ओप्पो मोबाइल पुरस्कार प्रदान गरियो।

विजेताहरूलाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङलगायतले पुरस्कृत गरे। गुरुङले प्रतियोगितालाई निरन्तरता दिन वार्षिक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बागमती प्रदेशका १८ डोजाङ र क्लबबाट ५०० सिनियर/जुनियर खेलाडी सहभागी थिए। प्रतियोगिता संयोजक रञ्जित डंगौराले च्याम्पियनसिपलाई वार्षिक रूपमा आयोजना गर्ने लक्ष्य रहेको बताए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal