शिवम् सिमेन्ट ९औँ प्रधानमन्त्री कप भलिबल लिगमा स्ट्रेन्थ पार्टनर

-
नेप्लेज
- |
- २०८२-०१-३१
- |
- 5083 पटक हेरिएको
नेपाल भलिबल सङ्घले २०८२ जेठ ८ देखि १५ गतेसम्म पोखरामा आयोजना गर्ने ९औँ प्रधानमन्त्री कप - एनभीए महिला/पुरुष भलिबल लिग मा शिवम् सिमेन्ट लिमिटेड स्ट्रेन्थ पार्टनर को रूपमा सहकार्य गर्दैछ।
हालै काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ भिपी निखिल अग्रवालले सहकार्य सम्झौतामा हस्ताक्षर गरे। शिवम् सिमेन्टले राष्ट्रिय खेलको प्रवद्र्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ। यसअघि शेरबहादुर स्मृति महिला भलिबल कप, न्यू डायमन्ड एकेडेमी टिम, कर्णाली यशविस टिम र विभिन्न राष्ट्रिय तथा स्थानीय भलिबल प्रतियोगिताहरूमा प्रायोजन गरेको छ।
शिवम् सिमेन्टले भलिबल, क्रिकेट, फुटबल, म्याराथनजस्ता खेलकुद कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै नेपाली खेलकुदको विकासमा योगदान पुर्याइरहेको छ। कम्पनीले आगामी दिनमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।