न्यू डायमण्डः भलिबल खेलाडी उत्पादन गर्ने कारखाना (भिडियो रिपोर्ट)

Kelmi

  • अनन्त वाग्ले
  • |
  • २०८२-०१-२४
  • |
  • 6041 पटक हेरिएको

भलिबल प्रशिक्षक कुमार राई । केही समयअघि न्यु डायमण्ड एकेडेमीलाई भलिबलको उच्च विन्दुमा पु¥याएका प्रशिक्षक राई अहिले पूर्ण रुपमा भलिबलमा लागेका छन् । 


न्यू डायमण्ड एकेडेमी विद्यालयमा प्रिन्सिपल बनेर भलिबलमा धेरै राष्ट्रिय खेलाडी उत्पादन गरेका प्रशिक्षक राईले अब बाँकी रहेको जिवन केवल भलिबललाई समर्पित गर्ने जमर्को स्वरुप सुविधा सम्पन्न भलिबल एकेडेमी स्थापना गरेका छन् । 


नेपाली भलिबल खेलाडी उत्पादन गर्ने कारखाना भन्न फरक पर्दैन न्यू डायमण्ड भलिबल एकेडेमीलाई । 


भलिबल सिक्न चाहने धेरैभन्दा धेरै बालिका तथा किशोरीलाई समेट्न सकियोस् भन्ने उद्देश्य लिएर अहिले दुई रोपनीभन्दा धेरै जग्गा भाडामा प्रशिक्षण सुरु गरिएको छ । 
चार वर्षका बालिकादेखि राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडी यहाँ प्रशिक्षण गर्न पुग्छन् । 


र, एकेडेमीले अहिले भलिबल सिकाउनेमात्र होइन, त्यहीँ बस्ने, खाने, पढ्ने सुविधा दिएर उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य छ, न्यू डायमण्ड भलिबल एकेडेमीको । 

उनीहरुलाई पनि नेपाली भलिबलमा आफ्नो मेहनत र भाग्य परीक्षण गर्नुछ । यही मैदानबाट रमिला तण्डुकार, रेश्मा भण्डारी, प्रतिभा माली, कृपा अधिकारी जस्ता खेलाडी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुगे । रमिला, रेश्मा, प्रतिभा जस्तै बन्नुछ उनीहरुलाई । 


त्यहाँ पुगेपछि जोकोहीलाई पनि लाग्न सक्छ, यत्तिको भरमा कसरी नेपाली भलिबलमा तहल्का मच्चाउन सक्छन् ? वास्तविकता भने यही हो ।
पक्कै सक्छन् । यही मैदानमा खेलेको देखेका दिदीहरुले भलिबलमा तहल्का मच्चाएको दृष्य उनीहरुले देखिसके । 


त्यसैले त उनीहरु यहाँ छन् । यहाँ अर्थात भलिबल खेलाडी उत्पादन कारखानामा अर्थात न्यू डायमण्ड एकेडेमीमा ।
नेपाली भलिबलको कुरा गर्दा न्यू डायमण्ड एकेडेमीलाई समेटिएन भने सायद अपुरो रहन्छ ।


अझ महिला भलिबलमा विशेष स्थान छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टिमले बर्चश्व जमाइरहेको बेला उदाएको न्यू डायमण्डले आफूलाई छाटो अवधिमा नै आफूलाई सफल र लोकप्रिय क्लब बनाएको छ ।


न्यू डायमण्डले पहिलो पटक २०६९ सालमा क्लब लिग च्याम्पियनसीप जितेको थियो । त्यसपछि कहिल्यै पछि फर्किनु परेन । राष्ट्रियस्तरका सबै खाले प्रतियोगिताको उपाधि हात पारिसकेको छ । क्लबले २०७० सालदेखि अहिलेसम्म खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि लगातार जितिरहेको छ । र, त्यही अनुपातमा नयाँ खेलाडी उत्पादन पनि भइरहेका छन् ।

पछिल्लो समय नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सुमित्रा रेग्मी, सलिना बुढामगर, प्रगति नाथ जस्ता खेलाडी अहिले पनि यहीँ प्रशिक्षण गर्छन् ।


यहाँसम्म आइपुग्न क्लबले गरेको संघर्ष भने प्रेरणादायी छ । 


न्यू डायमण्ड स्कुल स्थापना भएकै दिनदेखि छात्रलाई भलिबल सिकाउन थालिएको थियो तर, दीपज्योती स्कुलसँग भलिबल प्रतियोगितामा हारेपछि प्रशिक्षण बन्द भयो ।


प्रिन्सिपल तथा प्रशिक्षक राईले एथ्लेटिक्स सिकाउन सुरु गरे । तर, यो पनि फापेन । प्रतियोगितामा सहभागिता जनाउनुका साटो खेलाडीहरुले भाग्न थालेपछि न्यू डायमण्डले ५ जेठ ०६४ देखि महिला भलिबल प्रशिक्षण सुरु ग¥यो । 


तर, महिला भलिबल प्रशिक्षण सुरु गर्दा विभिन्न अप्ठ्याराको सामना गर्नु प¥यो । छात्राहरुलाई भलिबलमा आकषिर्त गर्न जति गाह्रो थियो, उनीहरुका अभिभावकलाई मनाउन त्यो भन्दा मुस्किल थियो । प्रतियोगिता नजिकिँदै गर्दा प्रशिक्षक राईलाई चिन्ता हुन्थ्यो, अभिभावकले खेलाडीलाई पठाउँछन् कि पठाउँदैनन् । राईले थुप्रै पटक खेलाडीको घरघरमा पुगेर हात जोडेका छन् ।


न्यू डायमण्डले पाएको सफलतासँगै सम्भावित खेलाडी खोज्दै हिड्नु पर्ने बाध्यता हटेको छ । अहिले एकेडेमी नै संचालन गरेर ५० जनालाईभलिबल सिकाइरहेका छन्, प्रशिक्षक कुमार राईले । प्रशिक्षणमा उनलाई साथ दिइरहेका छन्, पूर्व खेलाडी ललिता नाथ र पनामिका राईले ।


सुमित्रा रेग्मी । पछिल्लो समय न्यू डायमण्ड एकेडेमीले जन्माएको एउटा प्रतिभा । क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने । छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा दमदार इन्ट्री मारिन् सुमित्रा रेग्मीले ।


काभा वुमन्स नेसन्स लिगमा नेपाली टिमबाट डेब्यु गरेकी उनले रजत पदक जितिन् । त्यसपछि काभा महिला क्लब भलिबल लिगमा नेपाल पुलिस क्लबका तर्फबाट उपाधि जितिन् ।


एभरेष्ट वुमन्स भलिबल लिगमा कर्णालीकी मार्की खेलाडी र कप्तानसमेत रहेकी सुमित्राले नेपाली भलिबलमा स्थापित नामको क्लबलाई पछि पार्दै उपाधि जितिन् । काभा नसन्स लिगमा भारतलाई नेपालले पहिलो पटक हराउँदा उनी टिमकै महत्वपूर्ण सदस्य रहिन् ।


तीन वर्षअघि न्यू डायमण्ड ऐकेडेमीमा गएर भलिबल छोएकी सुमित्राले यति छिटो यत्रो ठूलो सफलता पाउँछु भनेर सोचेकी थिइनन् । हुन पनि यति छिटो सफलता पाउने खेलाडी विरलै छन् ।

सुमित्राको प्रतिभालाई लाइम लाइटमा ल्याउनका लागि प्रशिक्षक कुमार राईको भूमिका अत्यन्तै महत्वपूर्ण छ । प्रशिक्षक राईले नै भलिबलको कखरा सिकाए । उत्कृष्ट प्रदर्शन गर्नुमा सुमित्रा आफैंको मेहनत प्रशिक्षक राई पनि कदर गर्दछन् । त्यस्तै अर्की प्रतिभा हुन्, प्रगति नाथ । उचाई भएकै कारण प्रशिक्षक कुमार राईको नजरमा परेकी प्रगतिले छोटो समयमै प्रगति गरिन् ।


अहिले एकेडेमीमा प्रतियोगिता खेलाउन सकिने कोर्ट बनाइएको छ । खेलाडीलाई आवाशिय प्रशिक्षण दिने उद्देश्यले ३५ जना अट्ने होस्टल बनाइँदै छ, जसको काम अन्तिम चरणमा पुगेको छ । 

यो स्थानलाई जुनसुकै मौसमा प्रशिक्षण गर्न मिल्ने इन्डोर बनाउने योजना छ । अहिलेलाई भने भलिबल कोर्ट, जिम हल, चेन्जिङ रुम, शौचालय बनाउने काम भइरहेको छ । 


प्रतियोगिता आयोजना गर्दा ३५० दर्शक अटाउन सकिने प्यापिट बनाउने योजना छ । तर, बजेट अभावले त्यसलाई भने क्रमिक रुपमा अघि बढाउने प्रशिक्षक राईको योजना छ । 


अहिले नेपाली भबिललमा न्यू डायण्डम भलिबल प्रशिक्षक केन्द्र नमुना ट्रेनिङ सेन्टर बनेको छ । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal