गाेल्डेन बुटकाे दाैडमा ह्यारी केनलार्इ भेट्लान लुकाकु ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२९
  • |
  • 344 पटक हेरिएको

रोमेलु लुकाकु–बेल्जियम
म्यान्चेष्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले यो विश्वकपमा चार गोल गरेका छन् । सबै गोल उनले सेटपिसमा गरेका हुन् । बेल्जियम टिमका सर्वाधिक गोलकर्ता लुकाकुले ७१ खेलमा ४० गोल गरेका छन् । यो विश्वकपको सर्वाधिक गोलकर्ता ह्यारी केन भन्दा दुई गोलले पछि रहेका लुकाकु गोल्डेन बुटको दौडमा छन् । चार गोल गरेका लुकाकुले ३ गोल गर्न सकेमा उनले ह्यारी केनलाई पछि पार्दै गोल्डेन बुट जित्नेछन् । उनको शारीरिक शक्ति, द्रुत गति र उत्कृष्ट फिनिसिङ कलाले इंग्ल्याण्डको डिफेन्सलाई चुनौति दिनेछ ।

ह्यारी केन–इंग्ल्याण्ड
क्रोएसियाविरुद्धको खेलमा राम्रो खेल्न नसकेका ह्यारी केनले एउटा पनि सट टार्गेटमा प्रहार गर्न सकेनन् । तर पनि उनी गोल्डेन बुटको दौडमा छन् । यदी उनले आज ह्याट्रिक गर्न सकेमा गोल्डेन बुटसँगै एउटै विश्वकपमा सर्वाधिक (९) गोल गर्ने खेलाडी बन्नेछन् । जुन रेकर्ड सन् १९७० विश्वकपपछि पहिलो हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal