तेस्रो संस्करणको  एमएम कप क्रिकेट प्रतियोगिता हुने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०९
  • |
  • 1890 पटक हेरिएको

विगत लामो समयदेखी विभिन्न कारणहरुले गर्दा एम.एम.कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण हुन सकिरहेको थिएन । धेरै समय पछि यस पटक प्रतियोगितालाई अझै वृहत बनाउनका लागि कोशी प्रदेशको राजधानी  विराटनगर स्थित बैजनाथपुर क्रिकेट रंगशालामा वैशाख १३ गते देखि २० गतेसम्म एम.एम. कप क्रिकेट प्रतियोगिता भव्य रुपले आयोजना हुने भएको छ।   

यस प्रतियोगिताले विगतमा जस्तै नेपालको क्रिकेट विकासमा अझ टेवा पुग्ने आयोजकको विश्वास रहेको छ।  नेपाली क्रिकेटको विकास र स्तरोन्नतीका लागि स्थापना कालदेखीनै नेपालमा कमै मात्रामा हुने ५० ओभरको क्रिकेट मा २०७५ सालमा एम.एम. कपको पहिलो संस्करण सुनसरीको इनरुवा रंगशालामा सफलता पूर्वक सम्पन्न भएको थियो।   

नेपालका सात प्रदेशका टोली, ३ विभागीय टोली,भारत विहारको १ टोली तथा आयोजकको १ टोली गरी उक्त प्रतियोगितामा जम्मा १२ टोलीले सहभागीता गरेका थिए । जसमा त्रिभुवन आर्मी क्लब पहिलो संस्करणको विजेता भएको थियो भने नेपाल पुलिस क्लब उप विजेता रहेको थियो । त्यसै गरी २०७६ सालमा इनरुवामै दोश्रो संस्करण पनि भव्यता पूर्वक सम्पन्न भएको थियो  उक्त संस्करणमा ७ प्रदेश, ३ विभागीय,आयोजक टोली का साथै  नेपालमै पहिलो पटक घरेलु प्रतियोगितामा मलेशियाको राष्ट्रिय टोली समेत यसै प्रतियोगिता मार्फत सहभागिता जनाएको थियो । दोश्रो संस्करणको विजेता टोली पूनः त्रिभुवन आर्मी क्लबनै रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal