राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष सुरु

-
नेप्लेज
- |
- २०८२-०१-०९
- |
- 1920 पटक हेरिएको
नेपाल उसु महासंघको आयोजनामा ७ औं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्ष मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा सुरु भएको छ । कोर्षको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदकी सदस्य अञ्जना श्रेष्ठ र विदुर ढुंगाना, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिहंलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चीनका प्रतिनिधि पिटर योङ विशेष अतिथिको रूपमा उपस्थिति रहेको जानकारी नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना बिश्वासले जानकारी दिए ।
कार्यक्रममा नेपाल भरिका विभिन्न जिल्लाबाट सातदिने कोर्ष ९९ जना डिप्लोमा तथा निर्णायक परिक्षा कोर्ष सहभागी भएको उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा योन्जनले बताए ।
नेपाल उसु महासंघका उप-महासचिव राजिव महर्जनले कोर्षले राष्ट्रिय स्तरमा उसु खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।