नापोलीले इन्टरसँगको दूरी ३ अंकमा झार्‍यो

Kelmi

  • एजेन्सी
  • |
  • २०८२-०१-०२
  • |
  • 3480 पटक हेरिएको

इटालियन सिरी ए फुटबलमा नापोलीले शीर्ष स्थानको इन्टरमिलानसँगको अग्रता ३ अंकमा झारेको छ । मंगलबार विहान 

घरेलु मैदान डिएगो आर्मान्डो म्याराडोना स्टेडियममा भएको खेलमा नापोलीले एम्पोलीमाथि ३–० को सहज जित निकाल्दै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको अंक दूरी तीनमा झारेको हो ।

एन्तोनियो कोन्तेको प्रशिक्षणमा रहेको नापोलीले खेलको थालनी केही दबाबमा गरे पनि १८औं मिनेटमा पूर्व म्यानचेस्टर युनाइटेड मिडफिल्डर स्कट म्याकटोमिनीले गोल गर्दै अग्रता दिलाए । उनले रोमेलु लुकाकुको उत्कृष्ट होल्ड–अप खेलपछि बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा नापोली अझ आक्रामक बन्यो । ५६औं मिनेटमा म्याथियास ओलिभेराको थ्रु पासमा लुकाकुले सहज फिनिश गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि, ६१औं मिनेटमा फेरि लुकाकुको पासमा म्याकटोमिनीले हेड मार्फत आफ्नो दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाए ।

यो जितसँगै नापोलीले सिरि एको शीर्षस्थानमा रहेका इन्टर मिलानसँगको दूरी तीन अंकमा झारेको छ । अब दुबै टोलीका ६ खेल बाँकी छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal