धनगढी एफसी एनएसएलको पहिलो क्वालीफायर खेल्ने पक्का

-
नेप्लेज
- |
- २०८२-०१-०१
- |
- 3773 पटक हेरिएको
नेपाल सुपर लिग एनएसएमा धनगढी एफसी प्लेअफमा पुगेको छ ।
आज भएको खेलमा झापा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको हो ।
अझै उसको एक खेल बाँकी छ । आजको नतिजासँगै पहिलो क्वालीफायरमा धनगढी र ललितपुर आमने सामने हुने छन् ।
खेलको ६०औं मिनेटमा अहमद हिजाजीले निर्णायक गोल गरे ।
जुन सर्जियो बार्बोजाको दायाँ छेउबाट आएको क्रसमा हिजाजीले गरेको प्रयास झापाका दिपेश धिमालको खुट्टामा लागेर जाली चुमेको थियो ।
धनगढीले अब लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग र झापाले ललितपुर सिटी एफसीसँग खेल्ने छ ।