नेपाल ब्यायाम मन्दिरद्वारा पत्रकार सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१२-३०
  • |
  • 3366 पटक हेरिएको

नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले शनिवार खेल पत्रकारहरुलाई सम्मान गरेको छ । नेपाल ब्यायाम मन्दिरद्वारा आयोजित आठौ निलकण्ठ मानन्धर स्मृति पावरलिफ्टिंग  प्रतियोगिता तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पाँच जना पत्रकारहरुलाई सम्मान गरिएको  हो ।

उक्त कार्यक्रममा मेरो खेल डट कमका प्रधान सम्पादक तथा वरिष्ठ सञ्चारकर्मी श्रीविक्रम भण्डारी, नयाँ पत्रिका राष्ट्रिय दैनिकका श्रीलोचन राजोपाध्याय, गोरखापत्र अनलाइनका गोविन्द रेग्मी, सेतोपाटी अनलाइनका सिताराम कोइराला र अनलाईन खबर डट कमका गोविन्दराज नेपाल सम्मानित भएका हुन ।

ब्यायाम मन्दिरले लामो समयदेखि पत्रकारिता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख र समाचारमार्फत नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो । सम्मानित हुने सञ्चारकर्मीहरुलाई नगद १० हजार सहित सम्मान पत्र प्रदान गरियो छ ।

त्यस्तै, सोही कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको बिकास र विस्तारमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका पूर्व एआईजी विजयलाल कायस्थलाई पनि ५५ हजार ५ सय ५५ नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । वि.सं २०३८ सालदेखि नेपाली बडी बिल्डिंग क्षेत्रमा सक्रिय उहाँ नेपाल बडी बिल्डिंग महासंघका प्रथम उपाध्यक्ष समेत हुन् ।

सो कार्यक्रममा संस्थाको सन्तती सम्मानबाट ब्यायाम मन्दिरका उपाध्यक्ष अनिललाल श्रेष्ठका छोरी अनुष्का श्रेष्ठ, ब्यायाम मन्दिर सञ्चालक समितिका सदस्य ज्ञानेन्द्र नकर्मीका छोरा रोजिन नकर्मी तथा ब्यायाम मन्दिरका पूर्व अध्यक्ष तथा धर्मश्री प्रतियोगिताका परिकल्पनाकार स्वर्गीय सरोजकुमार श्रेष्ठका छोरा रोबर्ट श्रेष्ठलाई विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत नगद १० हजार सहित सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धरसहित नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, ब्यायाम मन्दिरका सल्लाहकार समितिका संयोजक एवं प्रथम मिस्टर नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कार प्रदान गरी सम्मान गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal