मुख्यमन्त्री कप महिला भलिबल क्वाटर फाइनल खेल्ने सात टोलीको टुङ्गो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१२-२१
  • |
  • 3793 पटक हेरिएको

दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा क्वाटर फाइनल खेल्ने सात टोलीको टुङ्गो लागेको छ।

प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा बुधवारदेखि सुरु भएको प्रदेशस्तरीय प्रतियोगितामा बिहीबार सम्पन्न लिग चरणका खेलहरूबाट क्वाटर फाइनल खेल्ने सात टोलीको टुङ्गो लागेको हो। लिग चरणको अन्तिम खेलमा दाङ र बर्दियाबिचको खेल कमजोर भिजिबिलिटीका कारण रोकिएपछि क्वाटर फाइनल समीकरण पूर्ण हुन सकेको छैन। तर, अन्य सात टोलीले क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका छन्।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा जारी प्रतियोगितामा क्वाटर फाइनल मा प्रवेश गर्ने टोलीहरू रोल्पा, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची, बाँके, कपिलवस्तु, र रुपन्देही रहेका छन्।

दाङ र बर्दियाबिचको लिग चरणको अन्तिम खेल १–१ को बराबरीमा रोकिएको छ। अब यी दुई टोलीबिचको खेल शुक्रवार बिहान पुनः सुरु हुनेछ। दुवै टोलीलाई क्वाटर फाइनल प्रवेश गर्न जित्नुपर्ने स्थिति छ।

समूह ‘डी’ मा रहेका रुपन्देही, दाङ र बर्दियामध्ये रुपन्देही समूह विजेता हुँदै अन्तिम आठमा पुगेको छ। अब दाङ र बर्दियामध्ये एक टोली उपविजेता बनेर क्वाटर फाइनलमा प्रवेश गर्नेछ।

समूह ‘ए’ बाट – रोल्पा विजेता र रुकुम पूर्व उपविजेता हुँदै क्वाटर फाइनल प्रवेश

समूह ‘बी’ बाट – पाल्पाले बुधवार नै क्वाटर फाइनल स्थान सुरक्षित गर्दा अर्घाखाँची उपविजेता बन्दै अन्तिम आठमा

समूह ‘सी’ बाट – बाँके विजेता र कपिलवस्तु उपविजेता हुँदै अन्तिम आठमा

समूह ‘डी’ बाट – रुपन्देही विजेता, उपविजेता को टुङ्गो शुक्रवारको खेलबाट

यसअघि लिग चरणमा:

कपिलवस्तुले प्युठानलाई ३–२ को सेटमा

रुपन्देहीले बर्दियालाई ३–१ को सेटमा

रोल्पाले गुल्मीलाई ३–० को सोझो सेटमा

अर्घाखाँचीले नवलपरासीलाई ३–० को सोझो सेटमा

बाँकेले कपिलवस्तुलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका छन्।

अहिलेसम्म लिग चरणबाट गुल्मी, नवलपरासी, र प्युठान बाहिरिएका छन्।

लिग कम नकआउटको आधारमा खेलाइएको मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका महिला भलिबल खेलाडी सहभागी छन्। प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरन गौतमका अनुसार प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि यो प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको खेल तालिका:

क्वाटर फाइनल र सेमिफाइनल – शुक्रवार

फाइनल खेल – शनिवार

विजेता टोली: नगद १ लाख, मेडल, ट्रफी, र प्रमाणपत्र

उपविजेता टोली: नगद ६५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र

तृतीय स्थान: नगद ३५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र

सान्त्वना पुरस्कार: नगद १५ हजार र प्रमाणपत्र

त्यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, ६ विधामा उत्कृष्ट खेलाडीलाई जनही ५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal