पठाओ नेपाल धनगढी एफएसीको राइड तथा डेलिभरी पार्टनर

-
नेप्लेज
- |
- २०८१-१२-२०
- |
- 3934 पटक हेरिएको
नेपालको अग्रणी राइड स्यरिङ्ग र डेलिभरी सेवा प्रदायक कम्पनि पठाओ नेपाल "एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५" का लागि धनगढी एफसीको आधिकारिक राइड तथा डेलिभरी पार्टनर बनेको छ।
आइतबार उक्त सहकार्य बारे सम्झौता गरिएको हो। सम्झौतामा पठाओ नेपालका प्रतिनिधि मुलुक सिंह लिम्बु र धनगढी एफसीका सकुश के. सी. बीच हस्ताक्षर भएको थियो।
सहकार्यबारे जानकारी दिँदै पठाओ नेपालका प्रतिनिधिले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँगको सहकार्यले देशभरका फ्यान र खेल प्रेमीहरूलाई सजिलो, सुरक्षित र सहज यात्रा अनुभव दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुका साथै, खेलका विशेष दिनहरूमा पठाओले धनगढी एफसीका फ्यान तथा क्लब स्टाफहरूको लागि विशेष छूट उपलब्ध गराउने र विगत एक वर्ष देखि नेपाल भर सेवा दिँदै आएको पठाओ पार्सल बाट धनगढी एफसीका जर्सी डेलिभरी समेत गरिदिने जानकारी गराए ।