नेपाली क्रिकेट टिमको जर्सीमा तपाईंको लोगो !

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१२-१२
  • |
  • 5694 पटक हेरिएको

नेपाल क्रिकेट संघले राष्ट्रिय पुरुष क्रिकेट टिमको आधिकारिक जर्सी प्रायोजनका लागि सम्भावित स्पोन्सरलाई आवेदन दिन सूचना जारी गरेको छ । क्यानले आफ्नो आधिकारिक वेबसाइट र अन्य सोसल मिडिया प्लाटफर्ममार्फत जर्सी स्पोन्सरसिपको आवेदन माग गरेको हो । 


तपाई हामीलाई थाहै छ, नेपाली क्रिकेट टिमको जर्सीमा आफ्नो ब्राण्डको नाम र लोगो लाख्न पायो भने कति माइलेज पाउँछ भनेर । र, यो स्पोन्सरसिपले नेपाली क्रिकेट र स्पोन्सरको ब्राण्ड दुबैले आआफ्नो क्षेत्रमा ठूलो फड्को मार्न सकछ । 

स्पोन्सर गर्ने सोच त आयो, तर कसरी ?

स्पोन्सरसिपका लागि क्यानले कम्तिमा वार्षिक दुई करोडको अपेक्षा गरेको छ । जुन तीन वर्षका लागि हुने छ र वार्षिक १० प्रतिशतको दरले बढ्नेछ । अर्थात यो वर्ष तपाईले दुई करोडको स्पोन्सरसिप गर्नुभयो भने अर्को वर्ष दुई करोड २० लाख रुपैयाँ क्यानको खातामा हाल्नुपर्नेहुन्छ । 
स्पोन्सरको लोगो नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले लगाउने जर्सीको अघिल्लो भागमा छापिनेछ । 

नेपाल सरकारको कानून मान्ने जुनसुकै ब्राण्डले  यो स्पोन्सरसिपको लागि आवेदन दिन योग्य छन्। यस स्पोन्सरसिपमा सहभागी हुन इच्छुक ब्राण्डहरूले सम्बद्ध कानूनी मापदण्डहरूको पालना गर्नुपर्नेछ। यस अवसरले कम्पनीहरूलाई आफ्नो ब्राण्डको प्रचार र नेपाल क्रिकेटको विश्वसनीयता बनाउन मद्दत पुर्याउन सक्छ।

स्पोन्सर गर्न चाहने संस्था वा ब्राण्डले अप्रिल ११ भित्र प्रपोजल दिइसक्नुपर्नेछ । १५ दिनमा आवेदनहरु संकलन गरेर सबै आवेदकलाई सँगै राखेर अप्रिल ११ दिउँसो १२ बजे प्रपोजलको नेपाल क्रिकेट संघको मुलपानीस्थित कार्यालयमा फाइनल गर्ने जनाएको छ । 

प्रपोजल बुझाउँदा कम्पनीको आधिकारी लेटर हेड, हस्ताक्ष र स्ट्याम्पसहितको हार्ड कपी प्रयोग गर्नुपर्ने नियम क्यानले बनाएको छ । यसमा कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपी, करचुक्ता प्रमाणपत्रको प्रतिलिपी, व्यापार वा सेवा संचालनको लाइसेन्स र सर्टिफिकेट, कम्पनीको प्रोफाइल र ब्याकग्राउण्ड र ब्राण्डिङको योजना पनि समावेश गर्नुपर्ने क्यानले जनाएको छ ।

यसअघि यस्ताखालको स्पोन्सरसिप गरेको भए त्यसलाई पनि समावेश गर्न भनिएको छ । 

आवेदन पेश गर्नका लागि नेपाल क्रिकेट संघको खातामा ३० हजार रुपैयाँ डिपोजिट गर्नुपर्नेछ । 

यस स्पोन्सरसिप अवसरले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन र प्रतिस्पर्धात्मक क्रिकेट क्षेत्रलाई अझ बलियो बनाउन मद्दत पुर्याउनेछ। साथै, यसका माध्यमबाट स्पोन्सर ब्राण्डहरूलाई नेपाली क्रिकेटप्रेमीमाझ आफ्नो ब्राण्डको एक्सपोजर बढाउने राम्रो मौका पाउनेछन् । 
 

नेपालको क्रिकेट क्षेत्रको विकाससँगै, यस स्पोन्सरसिपले ठूलो प्रभाव पार्न सक्छ र क्रिकेट एसोसिएसन अफ नेपाललाई पनि आफ्नो कार्यक्रमहरू र परियोजनाहरूको लागि थप सहयोग र संसाधनहरू जुटाउन मद्दत गर्नेछ।

यसले नेपालका क्रिकेट खेलाडीहरूलाई अझ बढी उत्साहित बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि थप अवसरहरू सिर्जना गर्नेछ।
र, यो स्पोन्सरसिप जुन कम्पनीले बढी मूल्यको प्रास्तव राख्छ त्यही कम्पनीलाई प्रदान गरिने पनि क्यानले जनाएको छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal