विदेश छोडेर खेलकुदमा होमिएका असिम

-
नेप्लेज
- |
- २०८१-१२-१२
- |
- 5954 पटक हेरिएको
हालै सम्पन्न १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको ७० केजी तौल समूहमा स्वर्ण पदक जितेका असिम बाबु गरुङगे समग्रमा भने चौथो भए ।
नेपाली खेलकुदमा खासै भविष्य नभएपनि ज्यान बनाउने लहडसँगै शारिरिक सुगठनमा होमिएका असिम अहिले खुसी छन् ।
बायोमेडिकल ईञ्जिनियरिङ अध्ययन गरेका असमि बाबु गरुङ्गे सबै कुरा छोडेर खेलकुद रोजे । विदेशमा राम्रो आम्दानी गरिरहेकै अवस्थामा नेपाल फर्किए । नेपाल फर्किएर पनि बायोमेडिकल फिल्डमा रहेका सम्भावनालाई थाती राख्दै उनले बडिबिल्डिङ करियर सुरु गरे ।
देशलाई चिनाउने र आफू पनि चिनिने माध्यम खेलकुदमा लागेका असिमको बाल्यकालको अधिकांश समय दीपेन्द्र प्रहरी विद्यालय, साँगाको होस्टेलको कडा अनुशासनमा बित्यो। एकपटकको दशैंको छुट्टीमा सबै साथीहरू घर गएर खुशी मनाउँदै गर्दा उनलाई लिन भने घरबाट कोही नआउँदा, त्यो दुखद पल अझै पनि उनको मानसपटलमा ताजै छ।
फुटबल र तेक्वान्दोमा असिमले अपूर्व सफलता प्राप्त गरे। तेक्वान्दोमा ब्ल्याक बेल्ट र फुटबल प्रतियोगिताहरुमा बेस्ट प्लेयरको उपाधि जित्दै, उनले आफ्नो उत्कृष्टता प्रमाणित गरे। प्लस टु सकाएपछि भने उनले व्यायामशालाको यात्रा सुरु गरे, निकै खर्चिलो हुने उक्त खेलका खुराकका लागि घरबाट दिइएको पकेट मनी र कहिलेकाहीँ सापट समेत लिएर पनि व्यायामलाइ निरन्तर कायम राखे।
बलिउड अभिनेता सलमान खान र अमेरिकी बडिबिल्डर आर्नोल्ड श्वार्जनेगरबाट प्रेरित असिमले १५ वर्षसम्म कडा परिश्रम गरे।
२०७९ सालमा आयोजित १६औं धर्मश्री प्रतियोगितामा पहिलो पटक भाग लिएर, ६५ केजी तौल वर्गमा टप ६ मा परे।
त्यसपछि ९औं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक, ८औं मिस्टर हिमालय प्रतियोगितामा स्वर्ण पदक, र ५५औं एसियन प्रतियोगितामा समेत ऐतिहासिक रजत पदक जित्दै, उनले नेपाली शारीरिक सुगठन खेलमा आफ्नो स्थान सुरक्षित गरे।
असिमसँग गरिएको कुराकानी तलको लिंकमा