वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाई बीच खेलकुद साझेदारीबारे सकारात्मक छलफल

Kelmi

  • |
  • २०८१-११-२८
  • |
  • 4027 पटक हेरिएको

सिड्नी, अस्ट्रेलिया – नेपाल खेलकुद विश्वविद्यालयका सचिवालय सदस्य एवं खेलबिज्ञ डा. ओमकृष्ण प्रसाई र अस्ट्रेलियाको सिड्नीस्थित नेपालका वाणिज्य दूत सञ्जीव शर्माबीच खेलकुद साझेदारीसम्बन्धी छलफल सम्पन्न भएको छ।

सिड्नीस्थित नेपाल वाणिज्य दूतावासमा सम्पन्न उक्त भेटवार्तामा नेपाल-अस्ट्रेलिया खेलकुद साझेदारीका सम्भावनाहरू, प्रशिक्षण कार्यक्रम, छात्रवृत्तिको अवसर, र खेलकुद विकासका विभिन्न पहलहरूबारे विस्तृत छलफल भएको थियो।

वाणिज्य दूत शर्माले प्रवासी नेपाली खेलाडीहरूलाई समेट्ने नीतिगत अवधारणा आवश्यक रहेको उल्लेख गर्दै, यसबारे राज्यका जिम्मेवार निकायहरूलाई जानकारी गराएको उल्लेख गरे।

साथै, अस्ट्रेलियाको व्यावसायिक खेल प्रणाली तथा आधुनिक खेल प्रविधिलाई अनुकरण गर्दै नेपालसँग सहकार्य गर्ने विषयमा पनि प्रक्रिया अगाडी बढाएको उनले जानकारी गराए ।

साथै अस्ट्रेलिया सरकारले खेलकुद तर्फ छात्रवृत्तिमा आफुले प्राथमिकता राखेको बाणिज्य दुत शर्माले बताए। डॉ. प्रसाईले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको महत्त्वबारे प्रकाश पार्दै, खेलकुदलाई बौद्धिक विशिष्टता प्रदान गर्न नेपाल सरकारले उपलब्ध गराएको शैक्षिक संरचनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

साथै, राष्ट्रिय खेलकुद परिषद्को पहलमा गठित खेलकुद विश्वविद्यालय कार्यदललाई थप अधिकार सम्पन्न बनाइएको जानकारी समेत उनले दिए।

भेटवार्ताका क्रममा वाणिज्य दूत शर्माले नेपाल खेलकुद विश्वविद्यालय र समग्र खेलकुद विकासका लागि प्रवासी नेपाली समुदायसँग सहकार्य गर्दै थप पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

उक्त छलफलले नेपाल-अस्ट्रेलिया खेलकुद साझेदारीलाई नयाँ उचाइमा लैजाने आशा गरिएको छ।

नेपालका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनका लागि आवश्यक रणनीतिक साझेदारीको ढोका खोल्ने यो प्रयास भविष्यमा ठोस कार्यान्वयनमा रूपान्तरण हुने अपेक्षा गरिएको छ।

प्रसाईले मेलबर्नमा सम्पन्न भएको मेलबर्न शिखर सम्मेलन २०२५ मा नेपाल खेलकुद विश्वविद्यालयका तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal