खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि मणि मुकुन्दलाई 

Kelmi

  • |
  • २०८१-११-२४
  • |
  • 3513 पटक हेरिएको

दाङ,२४ फागुन  ।  चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणि मुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ । 

घोराहीमा शनिवार भएको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई १ का विरुद्ध ३ सेटले विजयी भएको हो । कडा प्रतिस्पर्धात्मक खेलमा मणि मुकुन्द भलिबल क्लबले २५-१४,२७-२९,२५-१९ र २५-२० को जीत निकाल्दै उपाधि हात पारेको हो । उपाधिसँगै मणि मुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपविजेता बनेको न्यु होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

पहिलो सेट मणि मुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोर्ट्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै  मणि मुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो । प्रतियोगितामा रोयल सिस्ने युवा क्लब तेस्रो भएको  थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजेतालाई नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्म्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।नेपाली काँग्रेस दाङ खुमबहादुर खड्का विकास समाजको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता फागुनको २० गतेदेखि सञ्चालन भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal