बी डिभिजन विजेताले १५ लाख पाउने

Kelmi

  • |
  • २०८१-११-२३
  • |
  • 3546 पटक हेरिएको

शहीद स्मारक ‘बी’ डिभिजिन लिग फाल्गुन २५ गतेबाट सुरु हुने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २५ गतेबाट दशरथ रंगशालामा ‘बी’ डिभिजिन लिग सुरु हुने जनाएको हो ।

सिंगल राउन्ड रोविनका आधारमा कुल ९१ खेल हुने एन्फाले जनाएको छ । लिगमा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । सहभागी हुने टोलीमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड रहेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal