राष्ट्रिय सभामा खेलकुदमन्त्री चौधरीले दिए यस्तो जवाफ

- |
- २०८१-११-२३
- |
- 3553 पटक हेरिएको
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा योजनाबद्ध विकासका पहल गरेपछि खेल क्षेत्र तथा खेलाडीको जीवनमा केही सकरात्मक परिणामहरू देखापरेका बताएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरूले राख्नुभएको प्रश्नको जवाफ दिँदै उनले सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायत निकायले खेल क्षेत्रको विकास गर्न, खेल क्षेत्रमा उज्ज्वल भविष्य देखाउन, खेलको माध्यमबाट मुलुकको पहिचान स्थापित गर्न दीर्घकालीन नीति तथा कार्यक्रमलाई अगाडि बढाएका संसद्समक्ष जानकारी गराए ।
खेलाडीलाई जीविकोपार्जनमा कठिनाइ हुँदा विदेश पलयान हुने, अन्य पेसा गर्ने अवस्था किन आएको भन्दै सांसदहरूले गर्नुभएको प्श्नको जवाफमा मन्त्री चौधरी भने , “खेल क्षेत्रमा रहेका विविध समस्याका कारण खेलाडी नचाहँदानचाहँदै खेल क्षेत्र छाडेर अन्य पेसा व्यवसाय गर्नुपरेको बाध्यतालाई पूर्ण रूपमा नकार्न सकिँदैन ।”