चौथो खुमबहादुर खड्का स्मृति भलिबल उपाधिका लागि न्यु होराइजन र मणीमुकुन्द भिड्ने

- |
- २०८१-११-२३
- |
- 3349 पटक हेरिएको
दाङ,२३ फागुन । दाङको घोराहीमा जारी चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवल र मणीमुकुन्द भलिबल क्लब रुपन्देही फाइनलमा पुगेका छन् ।
चौथो दिन शुक्रबार भएका सेमिफाइनलका खेलमा रोयल सिस्ने क्लब रुकुमलाई हराउदै न्यु होराईजन फाइनल प्रवेश गरेको हो । यस्तै अर्काे खेलमा ओली वंश समाज दाङलाई हराउदै मणिमुकुन्द भलिबल क्लबले विजयी हाशिल गर्दै फाइनलमा आफ्नो सिट सुरक्षित गरेको छ । बेष्ट अफ फाइभको खेलमा रोयल सिस्नेलाई १ का विरुद्ध ३ अङ्कले हराउदै न्यु होराइजनले विजयी हासिल गरेको थियो । पहिलो सेट २६–२४ ले न्यु होराइजन विजयी हुँदा दोस्रो सेटमा भने २५–२३ का साथ रोयल सिस्ने खेलमा फर्किएको थियो ।
तर तेस्रो र चौथो सेटमा भने न्यु होराईजनले लगातार २५–१९ र २५–२० का साथ विजयी हासिल गर्दै फाइनलमा स्थान कायम गरेको हो । दोस्रो खेलमा सेमिफाइनल खेलमा ओली वंंश समाजलाई २५–१९, २५–१८ र २५–१८ को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्द भलिबल क्लब फाइनल पुगेको हो ।
तेस्रो स्थानका लागि रोयल सिस्ने र ओली वंशबीचको खेल शनिवार विहान ९ बजे हुने भएको छ भने फाइनल खेल दिउसो २ बजे हुने आयोजक खुमबहादुर खड्का विकास समाजका संयोजक राजु आचार्यले जानकारी दिनुभयो । यहि फागुन २० गतेदेखि सञ्चालन भएको खेलमा १० टिमको सहभातिगा रहेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।