एनओसीको निर्वाचनमा सहभागी ७ खेल संघलाई छलफलमा बोलाइने

Kelmi

  • |
  • २०८१-११-२२
  • |
  • 3224 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण बारे थप स्पष्टताका लागि ७ खेल संघलाई आफ्नो निर्णय पुस्तिकासहित उपस्थित हुन सम्बन्धित पदाधिकारीलाई छलफलमा बोलाउने बिहीबार बसेको छानविन कार्यदलको पहिलो बैठकले निर्णय गरेको छ ।

कार्यदलकी संयोजक राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठको अध्यक्षतामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बसेको बैठकले एनओसीको निर्वाचनमा सहभागी नेपाल ¥याफटिङ एन्ड क्यानोइङ संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल कराते महासंघका पदाधिकारीलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।

‘उहाँहरुले राखेपमा पत्र पनि बुझाउनु भएको छ । थप स्पष्ट हुन हामीले उहाँहरुलाई निर्णय पुस्तिकासहित छलफलका लागि बोलाउने निर्णय गरेका हौं ।’ संयोजक श्रेष्ठले भनिन् ।

सो विषयमा छानविन गर्न राखेप कार्यकारी समितिको ३४ औं बैठकले श्रेष्ठको संयोजकत्वमा खेलकुद विकास विभाग विभागका प्रमुख सरोजकुमार पोखरेल र सोही विभागका प्रशासकीय अधिकृत सानुराज केसी सदस्य रहने गरी ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal