चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा

Kelmi

  • |
  • २०८१-११-२२
  • |
  • 3085 पटक हेरिएको

दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमीफाईनल खेल्ने चार टीमको टुंगो लागेको छ ।

खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

जिल्ला समन्वय समिति घोराहीको मञ्चमा मंगलबारदेखि जारी प्रतियोगिताको बिहीबार भएको लिग चरणका खेल सकिएसँगै सेमीफाईनलमा रोयल सिस्ने स्पोटर््स अपराजित रहँदै समुह ‘ए’ को विजेता हुँदै र वली बंशावली समाज (चित्रालेखी) अपराजित रहँदै समुह ‘बी’ को विजेता हुँदै सेमीफाईनलमा प्रवेश गरेको छ ।

यसैगरी, समुह ‘ए’ को उपविजेता हुँदै न्यू होराईजन स्पोटर््स क्लब र समुह ‘ए’ को उपविजेता भएर मणिमुकुन्द भलिबल क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।

अब शुक्रबार बिहान ९ बजे पहिलो सेमीफाईनलमा रोयल सिस्ने स्पोट्स र न्यु होराईजन स्पोट्स क्लब बीच खेल हुनेछ भने दोस्रो सेमीफाईनलमा वली बंशावली समाज (चित्रालेखी) र मणिमुकुन्द भलिबल क्लबबीच दिउँसो २ बजेपछि खेल हुने नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।

यसैबीच, लुम्बिनी प्रदेशका १० टीम सहभागी प्रतियोगिता अन्तरगत बिहीबार भएको खेलमा न्यू होराईजन स्पोट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, रोयल सिस्ने स्पोट्स विजयी भएका छन् । लिग चरणको ८औँ खेलमा न्यु होराईजन स्पोटर््स क्लबलाई दंगीशरण गाउँपालिकाले वाकओभर दिएपछि अंक जोड्यो । ९औँ खेलमा मणिमुकुन्द भलिबल क्लबले रोयल मुर्कुटी क्लबलाई २५–१४ र २५–१० को सोझो सेटमा हरायो ।

१०औँ खेलमा वली बंशावली समाज (चित्रालेखी) ले न्यु होराईजन स्पोट्स क्लबलाई २५–१७ र २५–१७ को सोझो सेटमा हरायो ।

यद्यपि, यी दुवै टीम समुह ‘बी’ को विजेता र उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगिताको ११औँ खेलमा रोयल सिस्ने स्पोट्स रोयल मुर्कुटी क्लबलाई २५–१५ र २५–१९ को सोझो सेटमा हरायो । लिग चरणको अन्तिम तथा १२ औँ खेलमा वली बंशावली समाज (चित्रालेखी) ले गोरखा मोडेल स्कुललाई २७–२५ र २५–१८ को सोझो सेटमा हरायो ।

फागुनको २४ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टीमले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो हुने टीमले नगद एक लाख २५ हजार तथा तेस्रो हुने टीमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal