रियल मड्रिडको झूर सिजन !

0

माघ २१ । यदि बार्सिलोनाले आइतबार राति हुने खेलमा स्पान्योललाई पराजित गरेको खण्डमा रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा २१ अंकले पछि पर्नेछ । शनिबार रातिको खेलमा अन्तिम मिनेटमा गोल खाएपछि रियलले महत्वपूर्ण २ अंक गुमायो ।

ला लिगा इतिहासमै अहिलेसम्म यस्तो भएको छैन कि रियल मड्रिड बार्सिलोनाभन्दा २१ अंकले पछि परेको होस् । तर, एकपटक रियल एथ्लेटिको मड्रिडभन्दा २१ अंकले पछि परेको इतिहास छ ।

यसैलाई आधार मान्ने हो भने र कम्तिमा बार्सिलोनासँग तुलना गर्ने हो भने रियल मड्रिड आफ्नो इतिहासकै झूर स्थितिमा छ ।

रियल मड्रिडले केहि महिना अघि मात्रै क्लव विश्वकप जितेर आफू विश्वकै उत्कृष्ट क्लव भएको प्रमाणित गरेको थियो । सन् २०१७ को सिजन उसका लागि शानदार थियो, जहाँ सिजनको महत्वपूर्ण पाँच ट्रफी उसले आफ्नो पोल्टामा पारेको थियो ।

र, जारी सिजनमा निराशाजनक प्रदर्शन पनि अझै यो पत्ता लागेको छैन कि यसो हुनुमा दोषी खेलाडी कि प्रशिक्षक कि डाइरेक्टर ?

ला लिगामा १७ चरणका खेलहरु अझै बाँकी नै छन् । र, यो रियल मड्रिडा समर्थकका लागि निक्कै लामो सिजन भएको छ । च्याम्पियन्स लिगमा यसै साता उसले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइनसँग भिड्दैछ । नेइमार प्रेरित पीएसजी अहिले निक्कै उत्कृष्ट लयमा छ ।

एजेन्सी

Post Add 1025X115
Loading...