'हामी तयार छौं'

Kelmi

  • |
  • २०८१-११-०४
  • |
  • 2982 पटक हेरिएको

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रङ्गशालामा चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

नेपालसहित ४ टिमको सहभागिता हुने यस प्रतियोगिताका लागि दशरथ रङ्गशाला पनि तयार अवस्थामा रहेको छ ।

घरेलु मैदानमा पहिलो पटक इन्टरनेशनल वुमेन्स च्याम्पियनसिप आयोजना हुँदा नेपाली टिम उत्साहित देखिएको छ । यो प्रतियोगितामा ४ टिमबिच प्रतिस्पर्धा हुने छ । आयोजक देश नेपालसहित, लेबनान, म्यानमार र किर्गिस्ताने एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् ।

सोमबारबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल फागुन १४ गते हुनेछ । प्रतियोगिता राउन्ड रोबिनको रोबिनको आधारमा खेलिने छ, जसमा शीर्ष २ टोली फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको अघिल्लो दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी ४ वटै टोलीका कप्तान र प्रशिक्षकको तयारी राम्रो भएको बताउँदै उपाधि जित्ने लक्ष्य सुनाए ।

नेपालकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिताको लागि टोली तयार रहेको जानकारी दिइन् ।

उनले भनिन् ‘यो प्रतियोगिता हाम्रो लागि एउटा ठुलो अवसर हो, तयारी राम्रो भएको छ टोली पनि सन्तुलित नै देखिएको छ।’ 

उनी हालै मात्र ग्रिसबाट सोही प्रतियोगिताको लागि सहभागी हुने नेपाल फर्किएकी हुन् । त्यस्तै, नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको लागि सबै खेलाडीहरू तयार भएको बताए । 

उनी भन्छन्, ‘प्रतियोगिताको लागि भनेर विदेशमा खेल्न गएका खेलाडीहरू पनि फर्किरहेका छन् टोली सन्तुलित र मजबुत नै देखिएको छ ।’ 

फिफा वरियतामा हेर्न हो भने म्यानमार ५५औँ स्थानमा रहेको छ, यस्तोमा, म्यानमार यो प्रतियोगिताको सबैभन्दा बलियो टोली पनि हो । म्यानमार का प्रशिक्षक उकी टेस्टसुरोले  सहभागी सबै टोली बलियो रहेको बताए ।

उनी भन्छन्, यस प्रतियोगितामा रहेको सबै टोली बलियो नै छन्, हाम्रो मुख्य फोकस भनेको म्याचमा आफ्नो वेस्ट दिनु हो । 

नेपाल र म्यानमारले हालसम्म चार पटक खेलेका छन् जसमा म्यानमारले नेपाललाई ३ पटक पराजित गरेको छ भने एक खेल बराबरीमा रोकिएको थियो । त्यस्तै, लेबनान पनि प्रतियोगिताको लागि तयार रहेको बताएको छ । लेबनानको प्रशिक्षक वेल घरजाफना टोटियनले आफ्नो टोलीमा युवा खेलाडीहरू धेरै रहेको बताए । 

उनी भन्छन्, यहाँ खेल्न पाउँदा खेलाडीहरूको लागि एउटा नयाँ अवसर हुनेछ हाम्रो टोलीमा युवा खेलाडीहरू धेरै छन्, हामी प्रतियोगिताको लागि तयार छौँ ।  

फिफा वरियतामा लेबनान १३४औँ स्थानमा रहेको टोली हो ।

किर्गिस्तान फिफा वरियताको १२८औँ स्थानमा रहेको छ । किर्गिस्तानका प्रशिक्षक नेमाटजान जाकिरभोले नेपालमा खेल्न पाउँदा निकै खुसी रहेको बताए ।  

उनले भने, ‘खेल्न पाउँदा निकै खुसी भएको छौँ, यहाँ खेल्दा एउटा ठुलो जिम्मेवारी काँधमा छ जस्तो भएको छ, यहाँ रङ्गशालामा पनि फ्यानहरू आउनु हुन्छ यी कुराहरूलाई लिएर खुसी छौँ’। 

नेपाल आफ्नो पहिलो खेल किर्गिस्तानसँग खेल्दै छ। खेल साँझ ६ बजे दशरथ रङ्गशालामा सुरु हुने छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal