बुढासुब्बा गोल्डकपको उपाधि साविक विजेता एनआरटीलाई

Kelmi

  • |
  • २०८१-१०-२६
  • |
  • 2489 पटक हेरिएको

धरान । २५औं संस्करणको  बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ ।

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै साविक विजेता एनआरटीले उपाधि रक्षा गरेको हो । एनआरटीलाई जित दिलाउनका लागि हेनरी अडुसेई नायक बने । चर्च ब्वाइजले लिएको एक गोलको अग्रता उल्टाउने क्रममा उनले दुई गोल गरे । 

खेलको २४औं मिनेटमा एरिक विष्टको फ्रिकिकमा हेड गोल गर्दै अनन्तले चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर सो अग्रता चार मिनेटभन्दा बढी टिक्न पाएन । हेनरीले २८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

पहिलो हाफमा १-१ को बराबरी भएको खेलको दोस्रो हाफमा हेनरीले अर्को गोल गरे । उनको गोलसँगै एनआरटीले अग्रता लिएको थियो । सो अग्रता खेलको अन्तिममा जोगाउँदै एनआरटी च्याम्पियन बनेको हो ।

आजको खेलको प्लेयर अफ दि म्याच हेनरी अडुसेइ बने । 

उपाधि विजेता एनआरटीले १० लाख पुरस्कार पाउँदा उप विजेता भएको चर्च ब्वाइजले ५ लाखमा चित्त बुझायो । 

व्यक्तिगत विधातर्फ पनि एनआरटीले बर्चस्व कायम रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई नगद एक लाख पुरस्कार प्रदान गरिएको थियो ।

हाइ स्कोर चर्च ब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंग घोषित भए । उनीहरूले समान तीन गोल गरेका थिए । उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्ड चर्च ब्वाइजका समिर तामाङ, बेष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरूलाई जनही नगद २५  हजार पुरस्कार प्रदान गरिएको थियो । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal