साविक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

Kelmi

एनआरटीका शिशिर लेखी र केएफटिसीका विशाल महतो बुढा सुब्बा गोल्डकपमा

  • नेप्लेज
  • |
  • २०८१-१०-२२
  • |
  • 1281 पटक हेरिएको

धरान । काकडभिट्टा फुटबल  ट्रेनिङ सेन्टर केएफटिसीलाई हराउँदै साविक विजेता न्यूरोड टिम एनआरटी २५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । 


धरान रंगशालामा मंगलबार भएको प्रतियोगिताको चौथो क्वार्टर फाइनलमा झापाको केएफटिसीलाई ३–१ ले हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो । 


एनआरटीलाई फाइनलमा पुर्‍याउनका लागि शिशिर लेखी, सरोज घिसिङ र रोहण खड्गीले एक एक गोल गरे । 


पहिलो हाफ गोलरहित बनेको खेलको चारवटै गोल दोस्रो हाफमा भएका थिए । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै लेखीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । 


६०औं मिनेटमा कप्तान सरोज घिसिङले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेटमै केएफटिसीका रोबर्ट खोङ्जोनले गोल गरेर एनआरटीको अग्रता २–१ मा छोट्याए । 


८०औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्‌यो । यस पटक सब्स्टिच्युट खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका रोहण खड्गीले गोल गरेका थिए । 

योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार हुने पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानको आरटिसी एफसी प्रतिष्पर्धा गर्नेछन् ।

एनआरटीले भने भारतको युकेएफसीसँग प्रतिष्पर्धा गर्नेछ । 

 

 

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal