महिला टी-२०आई शृंखला: नेपालको लगातार चौथो हार, थाइल्यान्डसँग ५ रनले पराजित

-
नेप्लेज
- |
- २०८१-१०-२२
- |
- 1377 पटक हेरिएको
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृङ्खला अन्तर्गत आफनो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो। नेपालको लागि रुबिना क्षेत्रीले सर्वाधिक २६ रन बनाइने।
३० बलको सामना गरेको उनले तीन चौका र एक छक्का प्रहार समेत गरिन्। त्यस्तै,नेपालकी ओपनर सम्झना खड्गा ५ रन बनाउँदै आउट हुँदा अर्की ओपनर ममता चौधरी शून्य रनमै आउट भएकी थिइन्। नेपालकी कप्तान इन्दू बर्मा ३ रनमा आउट हुँदा नेपालकी उपकप्तान बिन्दू रावल शून्यमै पेभिलियन फर्र्किएकी थिइन्। त्यस्तै, पूजा महतो १८ रनमा आउट हुन पुगिन्।
कविता जोशी २४ रन बनाएर आउट हुन पुगिन्। नेपालकी रोमा थापा रन बनाउँदै तथा मनिषा उपाध्याय रन बनाउँदै नटआउट रहे। थाइल्यान्डको लागि थिपाथ्पचाले सर्वाधिक चार विकेट लिइन्। त्यस्तै, थाइल्यान्डको लागि फनिता मायाले दुई विकेट लिइन्।
त्यसअघि मगंलबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेकको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो।
थाइल्यान्डको लागि चन्निदा सुथेराले सर्वाधिक २७ रन बनाइन्। २८ बलको सामना गरेकी उनले एक चौका समेत प्रहार गरिन्। त्यस्तै, थाइल्यान्डको ओपनर नथाय बुचाथामले १० तथा अर्की ओपनर अफिसरा १७ रन बनाउँदै मैदान फर्किएकी थिइन्। त्यस्तै, थाइल्यान्डकी कप्तान नारुमोल चाइबाइ शून्य रनमा आउट भएकी थिइन्। यता, नेपालको लागि मनिषा उपाध्ययाले सर्वाधिक तीन विकेट लिइन भने पूजा महतो र रचना चौधरीले समान एक एक विकेट लिएकी थिइन्।