पारा एथलेटिक्स टोली दुबइ जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-२२
  • |
  • 1331 पटक हेरिएको

काठमाडौं । दुबइ २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार दुबइ प्रस्थान गर्ने भएको छ।

फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन्। विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा सहभागी हुने छन्।

यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ।

टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन्। टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal