क्यानका अध्यक्ष चन्दद्धारा काठमाडौंको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी उद्घाटन

-
नेप्लेज
- |
- २०८१-१०-२२
- |
- 1438 पटक हेरिएको
नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं किक्रेट एकेडेमीको औपचारीक रुपमा उद्घाटन गरिएको छ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा रहेको सुविधा सम्पन्न एकेडेमीको सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा औपचारीक उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा क्यानका अन्य पदाधीकारी, राष्टिय किक्रेट खेलाडी आशिफ सेख लगायत किक्रेटसंग सरोकार राख्ने ब्यक्तिहरुको उपस्थित थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्यानका अध्यक्ष चन्दले नेपालको क्रिकेट विकासमा क्रिकेट एकेडेमीहरुले महत्वपुर्ण योगदान पुर्याउने बताए।
नेपालमा क्रिकेटको विकासका लागि निजि क्षेत्र पनि अघि बढ्नुलाई क्यानले सकारात्मक रुपमा लिएको समेत उनले बताए । क्रिकेट विकासका लागि सरकारले अझै ध्यान दिनुपर्ने उनको भनाई थियो। पछिल्लो समय नेपालमा क्रिकेटको श्वर्णिम युगको सुरुवात भएको समेत अध्यक्ष चन्दले बताए ।
नेपालमा क्रिकेटको सम्भावना उच्च रहेको भन्दै उनले यसको विकासका लागि सरकार र निजि क्षेत्र संगसंगै अघि बढ्नुपर्ने बताए। नेपालको समग्र क्रिकेट विकासका लागि सपनामाथिको लगानीका रुपमा काठमाडौं किक्रेट एकेडेमी अघि बढेको संचालकको भनाई छ।
एकेडेमीले क्रिकेटको अभ्यासका लागि सुविधा सम्पन्न आउटडोर र इनडोर खेल मैदानको व्यवस्था गरेको छ। एकेडेमीको मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक जगत तमटा रहेका छन्। उनकाअनुसार काठमाडौं किक्रेट एकेडेमीमा राष्ट्रिय खेलाडीहरुले समेत अभ्यास गर्न सक्ने गरी पुर्वाधारहरु बनाइएको छ।