गण्डकीलाई हराउँदै पुलिसले पुरुषतर्फ टाइगर कप भलिबल जित्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-२०
  • |
  • 2071 पटक हेरिएको

गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा गण्डकीलाई ३-१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । खेलमा पहिलो,दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जित्न सफल भयो ।

पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५-२१ को जित निकालेको थियो । चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।

उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई ३-२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको छ ।

यसैबीच गण्डकी प्रदेश भलिबलका टिम कप्तान हरि पाण्डेले टिम कप्तानीबाट सन्यास लिएका छन् । विगत एक दशक देखि निरन्तर गण्डकीको भलिबलमा सक्रिया उनलाई समापन कार्यक्रममा गण्डकी प्रदेश भलिबल संघले नगद २५ हजारसहित भब्य बिदाई गरेको छ ।

सन्यास पछि कुरा गर्दै पाण्डेले गण्डकीको टिम कप्तानीबाट सन्यास लिए पनि आफू अझै भलिबल खेलमा नै सक्रिय हुने जनाए । उनले भने-“मैले कप्तानीबाट सन्यास लिएको हुँ । तर मेरो खेल यात्रा अझै जारी रहने छ ।” उनलाई काली गण्डकी गाउँपालिकाले समेत नगदसहित सम्मान गरेको थियो ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal