नवनियुक्त राखेप सदस्यलाई स्वागत

-
नेप्लेज
- |
- २०८१-१०-१४
- |
- 2059 पटक हेरिएको
काठमाडौं।राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त दुई जना सदस्यलाई राखेपमा स्वागत गरिएको छ ।
नवनियुक्त सदस्यहरु रन्जना प्रधान र विदुर ढुंगानालाई सदस्य सचिव टंकलाल घिसिङले स्वागत गर्नु भएको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आज दुई जनालाई परिषद्को बोर्ड सदस्यमा नियुक्ती गर्नु भएको थियो ।
स्वागत कार्यक्रमा बोर्ड सदस्यहरु कमल बहादुर भट्टराई, भान बहादुर चन्द, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ तथा विभागीय प्रमुखहरुको सहभागिता थियो ।