खो खो विश्वकप उप विजेता नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-०७
  • |
  • 2309 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रथम खो खो विश्व कपका ऐतिहासिक पदक विजेता खेलाडीसहितको टोलीलाई सोमबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य नन्दा बस्याल, दीपेन्द्र विष्ट, सुवर्ण श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, भानबहादुर चन्द, जनकसिंह धामी, काठमाडौं महानगरपालिका प्रतिनिधि, नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनलगायतले टोलीलाई बधाई दिदै स्वागत गरे ।

भारतको नयाँ दिल्लीमा गत पुस २९ देखि माघ ६ गतेसम्म भएको विश्व कपमा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेका थिए । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा आइतबार भएको दुवै समूहको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो । पुरुषमा २० तथा महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

पुरुषको समूह ‘ए’ मा नेपालसहित ५ राष्ट्र थिए । समूह चरणमा पनि नेपाल भारतसंग मात्र ४२-३७ ले पराजित भएको थियो । अन्य खेलमा नेपालले पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८ र भुटानलाई ९८-८ ले पराजित गर्दै समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेको थियो । नेपालले क्वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ र सेमिफाइनलमा इरानलाई ७२-२० ले हराएको थियो । फाइनलमा नेपाल भारतसंग ५४-३६ ले चुक्यो ।

महिलामा समूह ‘सी’ मा रहेको नेपाल अपराजित रहँदै फाइनलसम्म पुग्न सफल भएको थियो । समूह विजेता हुँदै क्वाटरफाइनल पुग्ने क्रममा नेपालले जर्मनीलाई ७४-३४, भुटानलाई ८३-२४, श्रीलंकालाई ११०-१० र बंगलादेशलाई ८३-२४ ले पन्छाएको थियो । नेपालले क्वाटरफाइनलमा इरानलाई १०३-८ र सेमिफाइनलमा युगान्डालाई ८९-१८ ले पाखा लगाएको थियो । भारत विरुद्धको उपाधि भिडन्तमा नेपाल ७८-४० ले पछि पर्‍यो ।

विमानस्थलको प्रेस कक्षमा सदस्य-सचिव घिसिङले पूरा टिमको मिहिनेतले विश्व कपमा ऐतिहासिक सफलता सम्भव भएको बताउदै उमेरसमूहका खेलाडीलाई मध्यनजर गर्दै राखेपले सञ्चालन गरिरहेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत खो खोलाई पनि समावेश गरिएको बताए ।

सदस्य-सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली- २०७९ मा व्यवस्था भए बमोजिमनै खेलाडीलाई पुरस्कृत गरिने बताउदै १५ दिनभित्र आवश्यक कागजात पेश गर्न खो खो संघलाई निर्देशन दिए ।

फाइनलमा खेलाडीको हौसला बढाउन सदस्य-सचिव घिसिङ नयाँ दिल्ली गएका थिए । उनी पनि सोमबारै स्वदेश फर्किएका हुन् ।

कप्तानद्वय हेम पनेरु र सरस्वती कडायतले पदक जित्ने लक्ष्यसाथ विश्व कपमा सहभागी भएको बताउदै लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गरे ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal