इप्सविचमाथि म्यानचेस्टर सिटीको गोलवर्षा

-
एजेन्सी
- |
- २०८१-१०-०७
- |
- 2351 पटक हेरिएको
इंग्लिस प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले इप्सविच टाउनलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै चौथो स्थानमा उक्लिएको छ।
पोर्टम्यान रोडमा भएको खेलमा सिटीले तीन गोल पहिलो हाफमा र तीन गोल दोस्रो हाफमा गर्दै प्रभावशाली प्रदर्शन गरेको हो। खेलको २७औँ मिनेटमा फिल फोडेनको सुन्दर गोलले म्यानचेस्टर सिटीलाई अग्रता दिलायो।
त्यसपछि माटेओ कोभासिच र फोडेनको दोस्रो गोलले पहिलो हाफमै सिटीलाई ३-० को अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै जेरेमी डोकुको डिफ्लेक्टेड प्रहारले सिटीलाई चौथो गोल दिलायो।
त्यसपछि खेलको ६९औँ मिनेटमा एर्लिङ हालान्ड र ७४औँ मिनेटमा जेम्स म्याकाटीले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। यस जितसँगै म्यानचेस्टर सिटीले आफ्नो लिगको प्रदर्शनलाई सुधार्दै शीर्ष चारमा स्थान बनाएको छ।
सिटी अब च्याम्पियन्स लिग अन्तर्गत बुधबार पेरिस सेन्ट-जर्मेन (पीएसजी) सँग खेल्नेछ, भने जनवरी २५ मा चेल्सीसँग लिग खेल खेल्नेछ।
त्यसैगरी, १७औँ स्थानमा रहेको इप्सविच टाउनले आफ्नो अर्को खेलमा शनिबार लिभरपुलको सामना गर्नेछ।