नटिङघमले आर्सनलसँग अंक बराबरी गर्यो

-
एजेन्सी
- |
- २०८१-१०-०६
- |
- 2402 पटक हेरिएको
इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्टले दोस्रो स्थानमा रहेको आर्सनलसँग अंक बराबरी गरेको छ ।
पहिलो हाफमा एन्डरसन, हडसन–ओडोईका र क्रिस वुडको गोलले फरेस्टलाई ३–० को अग्रता लिएको थियो ।
जेन बेन्डरनेकले ६० औं मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काउने प्रयास गरे ।
६६ औं मिनेटमा मिल्नोभिकको गोललाई भारले मान्यता नदिँदा नटिङघमले चौथो गोल गर्न असफल भयो ।
दोस्रो हाफको इन्ज्योरी टाइममा पौल ओनुचले गोल गरेपछि साउथ ह्याम्पटन ३–२ को अन्तरमा आएको पनि थियो । पराजित भएको साउथह्याम्पटन भने पुच्छारमा छ । साउथह्याम्पटनलाई आइतबार ३–२ गोल अन्तरले पराजित गरेपछि नटिङघमले आर्सनलसँग समान ४४ अंक बनाएको हो ।
शीर्ष स्थानमा रहेको लिभरपुलको ५० अंक रहेको छ । लिभरपुलले २१ खेल खेल्दा आर्सनल र नटिङघमले २२–२२ खेल खेलेका छन् ।