शाकिब अल हसनविरुद्ध वारेन्ट जारी 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-०६
  • |
  • 2323 पटक हेरिएको

बंगलादेशका पूर्व कप्तान र अनुभवी क्रिकेटर शाकिब अल हसनविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्दामा ढाकास्थित अदालतले पक्राउ पुर्जी जारी गरेको छ। आइतबार मुख्य न्यायाधीश जियादुर रहमानले यो आदेश जारी गर्दै प्रहरीलाई २४ मार्चभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्।

गत वर्ष, डिसेम्बर १५ मा शाकिब अल हसन र अन्य तीन व्यक्तिमाथि चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता भएको थियो। आईएफआईसी बैंकका रिलेसनसिप अफिसर शाहिबुर रहमानले ४१.४ मिलियन बंगलादेशी टाका (करिब २.९५ करोड रुपैयाँ) रकम ट्रान्सफर नहुँदा मुद्दा दायर गरेका थिए।

डिसेम्बर १८ मा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै शाकिबलाई जनवरी १९ मा अदालतमा उपस्थित हुन आदेश दिएको थियो। तर, अदालतको आदेश उल्लङ्घन गर्दै उनी अनुपस्थित भएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

उनी एक कृषि फर्मका अध्यक्ष पनि हुन्, उक्त फर्मका निर्देशक गाजी शाहगीर हुसैनविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ। 

शाकिबले अन्तिमपटक २०२४ को अन्त्यतिर कानपुरमा भारतविरुद्ध टेस्ट खेलेका थिए। तर, शंकास्पद बलिङ एक्शनका कारण उनलाई सबै फर्म्याटमा प्रतिबन्ध लगाइएको छ।

शाकिबलाई जनवरी ७, २०२४ मा अवामी लिग पार्टीबाट सांसदका रूपमा चयन गरिएको थियो। अहिले उनी अमेरिका बसेका छन्। यसअघि पनि शाकिबमाथि हत्या अभियोग लागेको थियो।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal