घरेलु म‌दानमा रियल सोसिडाड लगातार विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-१०-०१
  • |
  • 2143 पटक हेरिएको

स्पेनिस ला लिगमा रियल सोसिडाडले भिल्लारियललाई १-० ले पराजित गर्दै घरेलु मैदानमा लगातार छैटौं खेल क्लिन सिटसहित जित हासिल गरेको छ।

रियल सोसिडाडले तीन दिनको अन्तरालमा तीन खेल खेल्नुपर्ने विवादास्पद तालिकाप्रति असन्तुष्टि जनाउँदै खेल खेलेको थियो।

तर, यो व्यस्त तालिकाको सुरुवात जापानी विङ्गर ताकेफुसा कुबोको शानदार प्रदर्शनले जितसँगै भएको छ।

दोस्रो हाफको छैटौं मिनेटमा कुबोले लामो क्लियरेन्सलाई सदुपयोग गर्दै विपक्षी बक्सभित्र बल नियन्त्रणमा लिएर बललाई जाली चुमाएका थिए।

यो जितसँगै रियल सोसिडाडले डिसेम्बरको शुरुदेखि लिगमा पहिलो जित दर्ता गरेको छ। जितपछि टोली सातौं स्थानमा उक्लिएको छ, जसले भिल्लारियललाई दुई अंकले पछ्याइरहेको छ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal