नेरिक क्वाटरफाइनलमा

-
नेप्लेज
- |
- २०८१-०९-२९
- |
- 2961 पटक हेरिएको
नेरिक एकेडेमी चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेरिकले ग्रिनफिल्डलाई १७-१० ले पराजित गर्यो । नेरिकको जितमा सविन खत्रीले १२ अंक योगदान गरे । सोही स्पर्धामा एलेन लामाको १६ अंक सहयोगमा कश्यपले पिपुल्स एकेडेमीलाई ३०-१९ ले हरायो ।
सिनियर ब्वाइजमा बाल दिक्षा सदनले मार्वलसलाई ४८-२३, इनोभेटिभले आयोजक केएमसी ‘बी’ लाई ४२-२२ र भद्र घलेले केएमसी ‘ए’ लाई ४८-२९ ले पाखा लगाए । बाल दिक्षा सदनका कृशल महर्जनले २४, इनोभेटिभका पुजन श्रेष्ठले १० र भद्र घलेका दिवस मगरले २१ स्कोर गरे ।
सिनियर गल्र्समा निस्टले केएमसी ‘बी’ लाई ३६-१६, साविक विजेता एनसीसीएसले रिब्सलाई २०-१९ र काठमाडौं शिक्षालयले केयरलाई १५-४ पन्छाए । निस्टकी संस्कृति पौडेलले ११, एनसीसीएसकी ग्रिभा महर्जनले ७ र काठमाडौं शिक्षालयकी दृब्य चित्रकारले ४ अंक जोडे ।