ला लिगामा अन्तिम समयको गोलले जिरोना विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२७
  • |
  • 2216 पटक हेरिएको

स्पेनिस ला लिगा फुटबलमा जिरोना विजयी भएको छ । शनिबार भएको खेलमा अलाभेसमाथि जिरोनाले १–० को कठिन जीत दर्ता गरेको हो । बराबरीतर्फ उन्मुख खेलमा जिरोनाले दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै तालिकामा ३ अंक थप्न सफल भयो । 

खेलको सुरुआतमा दुवै टिमले आक्रामक प्रयास गरे पनि गोल निस्किएन ।

अलाभेसका कार्लोस मार्टिन र गिरोनाका लाडिस्लाभ क्रेजीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न असफल रहे ।  

३९ औं मिनेटमा अलाभेसले पेनाल्टीको अपील गरे पनि भारले अस्वीकार गरेको थियो ।

जिरोनाका झोन सोलीसले ७७औँ मिनेटमा ब्रायन गिलको चोटका कारण मैदानमा प्रवेश गरेका थिए । खेलको अन्त्यतिर उनैले गोल गर्दै आफ्नो टिमलाई १–० जीत दिलाए । जीतपछि जिरोना १९ खेलबाट २८ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ । पराजित भएको अलाभेस भने १७ अंकका साथ तालिकाको १६ औं स्थानमा छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal