पहिलो पटक नेपालमा महिला त्रिकोणत्मक टी २० सिरिज
- नेप्लेज
- |
- २०८१-०९-२७
- |
- 2250 पटक हेरिएको
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक महिला टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज आयोजना गर्ने भएको छ । नेपाली महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएको यो प्रतियोगितामा नेपालसहित थाइल्याण्ड र नेदरल्याण्ड्सको टिमले प्रतिस्पर्धा गर्ने छ ।
त्रिकोणत्मक सिरिज ३० जनवरीदेखि ७ फेब्रुअरी (माघ १७ देखि २५ गते) सम्म हुने छ । प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने क्यान प्रवक्ता छुम्बि लामाले जानकारी दिए ।
शीर्ष स्थानमा हुने टिमले उपाधि जित्ने छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्याड्ससँग ३० जनवरीमा प्रतिस्पर्धा गर्ने छ । यसैगरी ३१ जनवरीमा थाइल्याण्डसँग खेल्ने छ ।
फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुने छ भने फेब्रुअरी २ मा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुने छन् । ३ फेब्रुअरीमा नेपाल र थाइल्याण्डको खेल हुने छ । ४ फेब्रुअरीमा नेदरल्याण्ड्स र थाइल्याण्ड् आमने सामने हुँदा ५ तारिखमा नेपाल र नेदरल्याण्ड्स भिड्ने छन् । यसैगरी ६ तारिखमा नेपाल र थाइल्याण्ड तथा सात फेब्रुअरीमा नेदरल्याण्ड्स र थाइल्याण्डको खेल हुने छ ।