खेलाडीहरूको बेल्ट टेस्ट सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२७
  • |
  • 2177 पटक हेरिएको

राष्ट्रिय तेक्वान्दो संघ जिल्ला  कार्य समिति मकवानपुर अन्तर्गतका डोजाङ तथा विद्यालयहरूमा प्रशिक्षणरत खेलाडीहरूको बेल्ट टेस्ट सम्पन्न भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार शनिबार बेल्ट टेस्ट भएको हो ।

कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न ७ वटा डोजाङका ह्वाईट बेल्ट देखी रेड बेल्ट सम्मका १०७ जना खेलाडीहरूको सहभागिता रहेको राष्ट्रिय तेक्वान्दो संघ बागमती प्रदेश सचिव भोजराज पराजुलीले जानकारी दिए । बेल्ट टेस्टको नतिजा एक साताभित्र आउने पराजुलीले बताएका छन् ।

संघका केन्द्रीय सदस्य नारायण सिंह थिङ को उपस्थितिमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष मदन कुमार श्रेष्ठ, उपाध्यक्ष केशव बहादुर कार्की, सचिव रवीन्द्र राई, सहसचिव रावन कीष्म राई र कोषाध्यक्ष दीपेन्द्र नेपालीको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal