एनकेएल खेल्न श्रीलंकाली तीन खेलाडी आइपुगे

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२६
  • |
  • 2221 पटक हेरिएको

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि श्रीलंकाबाट तीन खेलाडी आइपुगेका छन् ।

अहन्गामा पोलवाथा गालापाथिगे, लक्ष्ममोहन थानुसान र दिलान सन्जय काठमाडौं आइपुगेका हुन् । थानुसन र सन्जय जनकपुर नाइट्सबाट खेल्दैछन् भने गालापाथिगे धनगढी वाइल्डक्याट्सको जर्सीमा कोर्टमा उत्रिदैछन् ।

फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करण माघ ४ गतेदेखि १८ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । यसमा बिदेशी १८ खेलाडी सहभागि हुँदैछन्, जसमा थाइल्यान्डका ६, बंगलादेशका ६, श्रीलंकाका ३ र केन्याका ३ खेलाडी छन् ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal