भेट्रान फुटबलमा बीबीसी क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२६
  • |
  • 2168 पटक हेरिएको

बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बीबीसीले फ्रिडम फाइटर भेट्रान ‘बी’ लाई टाइब्रेकरमा पराजित ग¥यो ।

श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा एफसी सिलिंक हेटौंडा भेट्रानले फ्रिडम फाइटर ‘ए’ १–० तथा जोरपाटी एफसीले कुपण्डोल फ्रेन्ड्स भेट्रान र बिजी फुटसल भेट्रानले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यो खेलसंगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । क्वाटरफाइनल थर्ड आई भेट्रान र आईयुएफसी, जोरपाटी र सिलिंक, आयोजक कुसुन्ती ‘बी’ र चावहिल भेट्रान तथा बीबीसी र बिजीबीच हुनेछ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal