यू–१६ लिगमा थ्रीस्टारको पुनरागमन जीत
- नेप्लेज
- |
- २०८१-०९-२६
- |
- 2132 पटक हेरिएको
काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा राजधानीमा जारी एन्फा यू–१६ लिगमा थ्रीस्टार क्लबले पुनरामगन जीत दर्ता गरेको छ ।
एन्फा मैदान सातदोबाटोमा हिमालयन शेर्पासँगको खेलमा १ गोलले पछि परेको अवस्था उल्ट्याउँदै थ्रीस्टारले २–१ को जीत दर्ता गर्न सफल भएको हो । पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।
४७ औं मिनेटमा अमिर तामाङले शेर्पाका लागि गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
६२ औं मिनेटमा थ्रीस्टारका राज बलमे गोल गरेपछि खेल एक एकको बराबरी गरेका थिए ।
६९ औं मिनेटमा भुपेन्द्र बहादुर रावतले गोल गरेपछि थ्रीस्टारले अन्ततः २–१ को कमब्याक जीत निकाल्न सफल भयो ।
थ्री स्टारका राज बम प्लेयर अफ दी म्याच घोषित भए ।