यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२६
  • |
  • 2158 पटक हेरिएको

आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न नेपाली टिम शनिबार मलेसिया जाने भएको छ । मलेसिया जाने नेपाली टोलीलाई शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजधानीमा आयोजित एक कार्यक्रममा विदाई गरेका छन् ।

यू १९ महिला खेलाडीलाई मन्त्री चौधरीसहित क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, सिनियन टिमकी कप्तान इन्दू वर्मालगायतले शुभकामना दिएका थिए ।  

यू-१९ महिला विश्वकप: नेपालको सुपर सिक्समा पुग्ने लक्ष्य

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । क्यानले क्रिकेटको विकासमा गरिरहेको कामको प्रशंसा गर्दै विद्यालयस्तरबाटै युवा खेलाडीहरु उत्पादनका लागि क्यानले विद्यालयसँग सहकार्य गरेर अघि बढ्न सुझाव दिए ।

क्यानका उपाध्यक्ष रोशन सिंहले नेपाली महिला टिमले इतिहास बनाएको उल्लेख गर्दै नेपालले यो टिमबाट ठूलो अपेक्षा राखेको उल्लेख गरे । 

सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । अहिले सारा विश्वले नेपाली क्रिकेटबारे हेरिरहेको उल्लेख गर्दै विश्वकपको मञ्चमा नेपालले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 

प्रशिक्षक महेश प्रसाद रिजालले प्रतियोगिताका लागि राम्रो तयारी भएको बताउँदै चितवनको प्रशिक्षणले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन् ।

यू–१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

May be an image of 2 people and text

उनले एसिया कपमा राम्रो खेलेर पाकिस्तानलाई हराएका स्मरण गर्दै विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने गर्ने उल्लेख गरिन् । महिला यू १९ विश्वकप माघ ५ गतेदेखि सुरुहुँदै छ ।

नेपालले समूह चरणमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग खेल्ने छ । नेपालको पहिलो खेल बंगलादेशसँग हुने छ । त्यसअघि विश्वकपकको अभ्यास खेलमा नेपालले वेस्टइन्डिज र अमेरिकासँग खेल्ने तालिका पनि रहेको छ । नेपालले पुस २९ मा वेस्टइन्डि र माघ २ गते अमेरिकासँग अभ्यास खेल्ने छ । 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal