दशौं राष्ट्रिय खेलकुदमा एनआरएन टिम हुन्छ त ?
- नेप्लेज
- |
- २०८१-०९-२५
- |
- 2019 पटक हेरिएको
आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विदेशमा बस्ने नेपालीहरुका छोराछोरीले एनआरएनए स्पोर्टस एकेडेमीमार्फत भाग लिएका थिए ।
पछिल्ला दुई संस्करणमा एनआरएन खेलाडीहरुले राम्रै प्रतिस्पर्धा गरे पनि फुटबल लगायतका खेलमा नेपाली राष्ट्रिय टिमकै खेलाडी समावेश गरेपछि विवाद भएको थियो ।
सरकारले चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै छ ।
त्यसका लागि त्रिपुरेश्वरमा सचिवालय स्थापना भइसकेको छ । राष्ट्रिय प्रतियोगिताका पछिल्ला २ संस्करणमा ११ टिमले प्रतिस्पर्धा गरेका थिए । सात वटा प्रदेश ३ विभाग र विभागीय हैसियतमै एनआरएनले सहभागीता जनाउँदै आएको थियो ।
सचिवालय उद्घाटन कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताबारे यसरी जवाफ दिए ।
हेरौं यो भिडिओ ।