मदन भण्डारी भलिबलः आर्मी फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२४
  • |
  • 2082 पटक हेरिएको

मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा बुटवलमा जारी इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको उपाधिका लागि दुई विभागीय क्लब त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्ने भएका छन् ।

नेपाल पुलिस क्लबले मंगलबार नै फाइनलमा स्थान बनाइसकेको थियो । दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र मणीमुकुन्द भलिबल क्लब भिडेका थिए । शीतलहर चलेका कारण पहिलो सेट २–२ को अवस्थामा पुगेका बेला स्थगित भएको थियो । उक्त खेल आज बुधबार गराइएको हो । अब उपाधि भिडन्त विहीबार हुने छ ।

आज सुरुदेखि नै खेलाइएको खेलमा बिभागीय क्लब त्रिभुवन आर्मीले ३–० को सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो । पहिलो सेट २५–१८ ले जितेको आर्मीले दोस्रो सेट २५–१३ ले जितेको थियो ।

अन्ततः २५–१९ ले तेस्रो सेट पनि आफ्नो पक्षमा पार्दै आर्मीले फाइनलमा स्थान बनाउन सफल भयो ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal