शीतलहरले आर्मी र मणी मुकुन्दबीचको सेमिफाइनल प्रभावित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२३
  • |
  • 2383 पटक हेरिएको

मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा बुटवलमा जारी इन्डो–नेपाल रनिङ शिल्ड भलिबलको दोस्रो सेमिफाइनल खेल प्रभावित भएको छ । फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी र मणीमुकुन्द भलिबल क्लबबीचको खेल पहिलो सेट पनि पूरा हुन सकेन् ।

मौसममा देखिएको खराबी (शीतलहर) का कारण खेलाडीहरुले खेल्न नसक्दा खेल बीचमै  रोकिएको हो । दुवै टिमले २–२ को स्कोर बनाएका बेला खेल रोकिएको थियो । हरेकपटक मैदान (म्याट) पुच्छनुपर्ने र खेलाडीहरु पनि चिप्लिएका थिए ।

म्याट विच्छाइए पनि प्रतियोगिताका खेलहरु भने आउटडोर मैदानमा भएको थियो । 

खेल रोकिएपछि मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले आज रोकिएको दोस्रो सेमिफाइनलको खेल बुधबार खेलाउने जानकारी दिए । खेलाडीहरुको रक्षाका लागि आजको खेल रोकिएको आचार्यले बताए ।

मदन भण्डारी भलिबल : नेपाल पुलिस फाइनलमा 

सेमिफाइनलको टिकट काटेका दर्शकले बुधबारहुने यो सेमिफाइनल खेलका लागि टिकट किन्नु नपर्ने ब्यवस्था पनि मिलाइएको बताए । आर्मी र मणीमुकुन्दबीचको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिस क्लब आजै भएको पहिलो सेमिफाइनलमा विजयी हुँदै फाइनलमा पुग्न सफल भएको थियो । 

 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal