मदन भण्डारी भलिबल : नेपाल पुलिस फाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२३
  • |
  • 2175 पटक हेरिएको

मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा बुटवलमा जारी इन्डो-नेपाल रनिङ शिल्ड भलिबलको फाइनलमा नेपाल पुलिस क्लबले स्थान पक्का गरेको छ ।

बुटवलको रामनगर खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो सेट गुमाएको पुलिसले त्यसपछि लगातार सेट जित्दै फाइनलमा स्थान पक्का गर्न सफल भयो । 

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा गुजरातले २७-२५ ले जितेको थियो । त्यसपछि नेपाल पुलिसले उत्कृष्ट कमब्याक गरेको हो । 

दोस्रो सेट पुलिसले २५-१४ले आफ्नो पक्षमा पार्दै एक एकको बराबरी गरेको थियो ।  तेस्रो सेटमा २५-२१ को केही प्रतिस्पर्धात्मक बने पनि चौथो सेट झनै प्रतिस्पर्धात्मक बन्यो ।

चौथो सेटमा २७-२५ ले बाजी मारेको हो । 

पुलिसले अब त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बीचको विजेतासँग उपाधि भिडन्त गर्ने छ । फाइनल खेल बुधबार हुने छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal