वाईफाई नेपालको दशैं अभियान बम्पर पुरस्कार हस्तान्तरण र वीरगन्ज शाखा उद्घाटन

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-२३
  • |
  • 2020 पटक हेरिएको

वाईफाई नेपालले दशैंको बहार Khalti बाट payment गर्दा स्कुटर उपहार! दुई महिने अभियानको बम्पर पुरस्कार हस्तान्तरण समारोह सफलतापूर्वक सम्पन्न गरेको छ। यस अवसरमा, वाईफाई नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन पनि गरेको छ। यो कार्यक्रमले वाईफाई नेपालको दशैं अभियानको सफलतापूर्वक मनायो, जस अन्तर्गत ग्राहकहरूलाई Suzuki Avenis Scooter जित्ने अवसर प्रदान गरिएको थियो।

सिमराका बिशाल नेपाललाई यो अभियानको भाग्यशाली विजेता घोषणा गरियो। तर, उनी कार्यक्रममा उपस्थित हुन नसकेकाले, उनको तर्फबाट आमा मिना नेपालले उपहारस्वरूप स्कुटर प्राप्त गरिन्। यो हस्तान्तरणलाई अझ विशेष बनाउन वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले व्यक्तिगत रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

बम्पर पुरस्कार विजेतालाई सम्मान गर्नुका साथै, वाईफाई नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन गरेर नेपालभर भरपर्दो र किफायती इन्टरनेट सेवा पुर्‍याउने प्रतिबद्धतालाई अघि बढाएको छ।

कार्यक्रममा बोल्दै खड्काले भने "म वाईफाई नेपालको यस ऐतिहासिक उत्सवको हिस्सा बन्न पाउँदा खुशी छु। यो ब्रान्डले समुदायहरूलाई जोड्ने मात्र होइन, आफ्ना ग्राहकहरूलाई पनि सम्मान गर्ने कुरा प्रेरणादायक छ। विजेतालाई बधाई तथा वीरगन्जको नयाँ शाखाको लागि शुभकामना!"

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal