माघ १२ मा 'राइट टु रन प्रोटिन हाफ म्यारथन'
- नेप्लेज
- |
- २०८१-०९-२२
- |
- 2187 पटक हेरिएको
चौथो संस्करणको राइट टु प्रोटिन हाफ म्यारथन माघ १२ गते हुने भएको छ। सोमबार नेपाल भेटेरिनरी एसोसियनले पत्रकार सम्मेलन गरेर चौथो संस्करणको हाफ म्यारथको बारेमा जानकारी दिएको हो। नेपाल भेटनरी एसोसियनले प्रोटिन माथिको आयाधिकारको मर्मलाई आत्मासाथ गर्द प्रोटिनजन्य पर्दाथमा पहुँच बढाउनको लागि जनचेतना फैलाउने उद्धेश्यले उक्त म्यारथनको आयोजन गर्न लागेको हो।
माघ १२ गते हुने प्रतियोगितामा विभिन्न विधामा करिब ८ हजार व्यक्तिहरु सहभागी हुने आयोजकले अपेक्षा राखेको छ। खेल बिहान ६: ३० बजे दशरथ रगंशालमा सुरु भएर त्यही स्थानमा आएर खेल सम्पन्न हुनेछ। यस प्रतियोगितामा पुरुष तथा महिला, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विघार्थीहरुलाई पुरुष ५ किमी र महिला ३ किमी दौड हुनेछ।
त्यस्तै, फरक क्षमता भएका व्यक्तिहरुको लागि हिलवचियर हुनेछ। पुरुष, महिला तथा बालबालिकाको लागि रन फर फन विधामा दौड समावेश गरिएको छ। प्रतियोगितामा विजयी हुनेलाई १ लाख ५० हजार पुरस्कार रकम रहेको छ भने प्रतियोगितामा पाँचौ स्थानसम्म हासिल गर्न व्यक्तिलाई पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ। यस अघिको भएको तेस्रो संस्करणसम्म प्रथम हुनेलाई १ लाख पुरस्कार थियो तर यस पटकको संस्करणमा ५० हजार बढाएर प्रथम हुनेलाई १ लाख ५० हजार दिने आयोजकले निर्णय लिएको हो।
म्यारथनमामा प्रथम हुने महिला पुरुषलाई १ लाख ५० हजार, दोस्रो हुने पुरुषलाई १ लाख, तेस्रोलाई ७० हजार चौथौलाई ५० हजार र पाँचौ हुनेलाई ३० हजार प्रदान गरिने छ। त्यस्तै महिलातर्फ ५ किमी दौडमा दोस्रो हुनेलाई १ लाख, तेस्रोलाई ५० हनार र चौथो हुनेलाई ३० हजार हुनेछ।
यता, १० किमी ओपन दौडमा प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई ३० हजार , चौथो हुनेलाई २० हजार हुँदा पाचौँ हुनेलदे १० हजार प्राप्त गर्न छ। त्यस्तै, ५ किमी कक्षा १२ सम्म दौड्दिा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार तेस्रोले १५ हजार चौथोले १० हजार र पाँचौ हुनेलदे ५ हजार पाउने छन्।
त्यस्तै, ३ किमी कक्षा १२ सम्म दौड्निले २० हजार, दोस्रो १५, तेस्रो १० , चौथो ५ हजार र पाँचौ हुनेले २ हजार ५०० रुपैयाँ पाउने छन्। फरक क्षमता भएको प्रथम हुने पुरुषले ३० हजार, दोस्रोलदे २०, तेस्रो र चौथौ गरी समान १५ र १० हजार तथा पाँचौ स्थान हासिल गर्नले ५ हजार पाउने छ। त्यस्तै, फरक क्षमता भएको प्रथम हुने महिललाले ३० हजार, दोस्रो हुनेले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ५ हजार प्राप्त गर्नेछन्।
भाग लिएको व्यक्तिहरुको लागि विधामा लिएको दौड पूरा गर्नलाई तथा मेडेलको व्वस्था समेत गरिएको छ। प्रतियोगिताको व्यवस्थापनको लागि ५०० जना स्वयंस्वेकहरु परिचालन गर्न आयोजकले जनाएको छ। यस प्रतियोगितामा सहभागी हुनको लागि ई सेवा तथा अनालाईन डब्लूडब्लूडब्लू। रनफरप्रोटिन । कम नेप मार्फत ३०० शुल्क बुझाई प्रतियोगितामा सहभागीता हुने सकिनेछ।
यस अघि भएको तेस्रो संस्करणमा महिला तर्फ सन्तोषी श्रेष्ठ र पुरषतर्फ दिपक अधिकारी प्रथम भएका थिए। प्रतियोगिताको कूल बजेट १७, ६३, ३३३,३३ रहेको छ।